नेपालगञ्जकी उपमेयर थापालाई कोरोना

सदरलाइन संवाददाता २७ आश्विन २०७७, मंगलवार १७:४८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि अस्वस्थ थापाले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी दिइन् ।

उपमेयर थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि शुरुवातदेखिनै अग्रमोर्चामा रहेर खटिएकी थिइन् ।


चैत दोश्रोसाता सीमा क्षेत्रमा क्वारेन्टाईन ब्यवस्थापन तथा भारतबाट फर्किएका नेपालीहरुको उचित ब्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।

Next Post

कुष्ठरोगका विरामीलाई जुत्ता वितरण

२७ आश्विन २०७७, मंगलवार १७:४८
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले मंगलवार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाअन्तर्गत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो । जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान […]

सम्बन्धित