लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सदरलाइन संवाददाता ३० जेष्ठ २०७८, आईतवार १७:०१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ । विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ ।


प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिपन्न दलित र शारिरिक अशक्तलाई बी–ग्रुपको खाद्यान्न सहयोग

३० जेष्ठ २०७८, आईतवार १७:०१
नेपालगञ्ज : कोरोना कहरबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्या भएका विपन्न, दलित तथा शारिरिक अशक्तलाई बी–ग्रुपले केयर नेपालको आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरको अनुरोधमा बी–ग्रुपले केयर नेपालको सहयोगमा उपमहानगर क्षेत्रभित्रका कोभिड–१९ बाट प्रभावित भएका अतिविपन्नहरुलाई खाद्य भौचर मार्फत खद्यान्न सहयोग कार्यक्रम अन्तरगत […]

सम्बन्धित