दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

सदरलाइन संवाददाता ९ बैशाख २०७९, शुक्रबार १४:४५
 

नेपालगञ्ज : दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

शान्तिपूर्ण र्याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र शिशाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका शिशा फुटाइएको र एमालेका कार्यकर्ता घाइते भएको उनले बताए ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुव्र विष्टका अनुसार शुक्रबार नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको थियो । उनले एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्काउने चेतावनी

९ बैशाख २०७९, शुक्रबार १४:४५
नेपालगञ्ज : सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले विश्वविद्यालयमा भएका शैक्षिक विकृति र विसंगतिका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । क्याम्पसका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै संघर्षका कार्यक्रमहरु जारी राख्ने जानकारी गराएका हुन् […]