पार्टी पद्धतिमा चले कांग्रेसप्रति जनताको आकर्षण बढ्छ : पौडेल

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १५:४५
 

नेपालगञ्ज : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले पार्टी पद्धतिमा चले जनताको आकर्षण बढ्ने बताएकी छन् । नेपाली कांग्रेस बाँकेले सोमवार नेपालगञ्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी पद्धतिमा चल्नुपर्नेमा जोड दिइन् ।

पौडेलले गुटका कारणले पार्टीले जित्ने ठाउँमा समेत हारेको बताइन् । उनले पार्टीभित्र समूह बन्नु अस्वभाविक नभएको भन्दै समूहको औचित्य आन्तरिक प्रतिष्पर्धामा मात्र सीमित हुनुपर्ने बताइन् । उनले नेता कार्यकर्ताले अनुशासनमा बस्ने र असल चरित्र निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य पौडेलले अग्रज नेताहरुले जनता र राष्ट्रका लागि गरेको समर्पण नेता कार्यकर्ताले आत्मसाथ गरेर जानुपर्ने बताइन् । उनले पार्टीमा एउटै ब्यक्तिलाई निरन्तर अवसर दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइन् ।


पार्टी सभापति नारायणप्रसाद गौडेलले पार्टीलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण पार्टी पंक्ति प्रतिबद्ध बनेर लागेको बताए । उनले पार्टी नीति र निर्णय कार्यान्वयन नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न केन्द्रीय कार्यसमितिले गम्भीरता देखाउनुपर्ने उल्लेख गरे । पार्टी सभापति गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेनुसिंह ठाकुर र विनोदकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी) लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको सहकार्यमा राससमा अवधीमा समाचार शुरु

२३ पुष २०८०, सोमबार १५:४५
नेपालगञ्ज : राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधी राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गरेकी हुन् । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा […]