अर्मेनिया र अजरबैजानबीच सीमा युद्ध, २३ जनाको मृत्यु

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार ०९:१९
 

काठमाण्डौ : अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रलाई लिएर पुनः तनाव शुरु भएको छ । विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोनामध्ये एक युद्ध पुनः बिउँतिएको हो ।

वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भिडन्त भएको हो । आइतवार भएको भिडन्तमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रियरुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको शुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले आइतबार नागोर्नो–काराबाख क्षेत्रमा आफूहरुको नियन्त्रण कायम हुनेमा विश्वस्त रहेको बताएका छन् ।

सम्भावित हिंसालाई नियन्त्रित गर्न भनि अजरबैजानका केही क्षेत्रमा सैन्य कानून लागु गरिएको बिबिसीले उल्लेख गरेको छ । यस्तै अर्मेनिया र नागोर्नो–काराबाख क्षेत्रमा पनि सैन्य कानून लागु भएको छ ।


कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो । तर अहिलेको भिडन्तले सघन रुप लिएको हो । गएको जुलाईमा सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो ।

त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए ।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो । टर्कीका राष्ट्रपति रिसेप तैयम एर्डोगानले अजरबैजानलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

रुस लामो समयदेखि अर्मेनियाको साथमा रहँदै आएको छ, उसले तत्काल युद्धविरामका लागि पहल गर्नु पर्ने बताएको छ । यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गम्भीर चासो व्यक्त गरेका छन् ।

Next Post

करेन्ट लागेर बाँकेमा एकजनाको मृत्यु

१२ आश्विन २०७७, सोमबार ०९:१९
नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, डेन्टल अस्पतालस्थित गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गर्ने क्रममा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ का १९ बर्षीय धनबहादुर थारुको करेन्ट लागेर आइतवार विहान मृत्यु भएको हो । भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गरिरहेका थारुलाई एक्कसी […]

सम्बन्धित