महोत्सवको विरोधमा तुलसीपुर उपमहानगरपालिकामा ताला

सदरलाइन संवाददाता १५ मंसिर २०७९, बिहीबार १३:२४
 

दाङ : तुलसीपुर उद्योग बाणिज्य संघले मेला–महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

विहीबार बिहान करिब साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल सहितका केही कर्मचारीहरु कार्यालय भित्रै थुनिएका थिए । युथ्स अफ तुलसीपुरले आज देखि मंसिर २६ गतेसम्म हात्ति खौवामा महोत्सवको आयोजना सञ्चालन गर्दै छ । त्यसकै विरोधमा उद्योग वाणिज्य सघंले बुधबारेखि नै तुलसीपुर बजार बन्द गराएको हो ।


सघंका अध्यक्ष रामप्रसाद चालिसेले यो समय मेला महोत्सव लगाउन उपयुक्त नभएकोले यसलाई बन्द गराउन आम व्यवसायीहरु बिरोधमा उत्रिएको बताए । उनले महोत्सव स्थलका सबै सामाग्रीहरु नउठाएसम्म आफुहरु आन्दोलन जारी रहने तर्क गरे । उनले तुलसीपुर उपमहानगरपालिकाले कार्यविधी बनाएर मात्रै महोत्सव लगाउन अनुमति दिनुपर्ने माग समेत गरे ।

यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मेला महोत्सवका लागि यस अघि दिएको अनुमति पत्रलाई कार्यपालिकाको बैठकले खारेज गरिसकेको र तुलसीपुर उद्योग वाणिज्य सघं र चेम्बर अफ कमर्शको अनुमति बिना मेला लगाउन नपाइने निणर्य भएको बताए ।

उनले दुई पक्षिय व्यापारीहरुले सहमति गरेपछि मात्र मेला महोत्सवका कार्यक्रमहरु अघि बढ्ने जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकामा लागेको ताला करिब १ घण्टा पछि खोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्रेडरले किच्दा १४ वर्षीया बालिकाको मृत्यु

१५ मंसिर २०७९, बिहीबार १३:२४
नेपालगञ्ज : धनगढीमा ग्रेडरले किच्दा बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर निवासी अन्दाजी १४ वर्षीया चेतना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै […]

ताजा अपडेट