सदरलाइनडटकम
२८ साउन, नेपालगन्ज : शुक्रबार साँझदेखि परेको वर्षातको कारण आएको बाढीले ल्याएको रुख अड्किदा पूर्वपश्चिम राजमार्गको गन्धैली खोला र गाभर खोलाको पुल बगाउदा आवगमन ठप्प भएको छ ।
शनिबार विहानदेखि अवरुद्ध भएको सो आवागमनलाई सुचारु गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक बिभाग तथा अन्य निकायको संलग्नता रहेको छ ।
घटनास्थल खहरे खोला भएको कारण पानीको बहाव तेज हुँदा बाटो सुचारु गर्नको लागि कठिन भएकोले समय लागेको घटनास्थल पुगेका बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सडक विभाग तथा हेभि ईक्यूपमेन्टका प्रमुख तथा विभिन्न सरोकारवाला निकाय बाटो सुचारु गर्नको लागि बिहानैदेखि खटेको छ । सदरलाइनडटकमलाई प्राप्त जानकारी अनुसार शनिबार रातिसम्म बाटो सुचारु हुने बताईएको छ ।
