करेन्ट लागेर बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार १३:४८
 

नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, डेन्टल अस्पतालस्थित गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गर्ने क्रममा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ का १९ बर्षीय धनबहादुर थारुको करेन्ट लागेर आइतवार विहान मृत्यु भएको हो ।


भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गरिरहेका थारुलाई एक्कसी करेन्ट लागेर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लैंजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान बाँकेमा शुरु

१२ आश्विन २०७७, सोमबार १३:४८
नेपालगञ्ज : बाँकेमा लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट सोमवार एक कार्यक्रमबीच महाअभियानको शुरुवात भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगञ्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा अभियान शुरु भएको हो । महाअभियानको शुभारम्भ गर्दै बाँकेका प्रहरी […]