सिमित स्रोत साधन र जनशक्तिका बाबजुत सेवा प्रवाह गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय

लक्ष्मी तिमिल्सेना ८ श्रावण २०७८, शुक्रबार १९:२६
 

नेपालगञ्ज :  कोरोना कहरको बेलामा पनि पुराना ऐन, भौतिक संरचानको अभाव, सिमित कर्मचारी उपकरणको कमी लगायतका कारण काम गर्न समस्या भएको एक कार्यक्रमका सहभागिले गुनासो गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले शुक्रबार आफ्नै कार्यालयमा आयोजना गरेकोे तेस्रो चौमासिक तथा बार्षिक समिक्षा कार्यक्रमका सहभागिले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरिक्षक विवेक सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख अमित भुषण, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख सरोज खनालले आ–आफ्नो कार्यालयले गरेको कार्य प्रगति बारे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार मण्डलले सिमित साधन स्रोतका बाबजुद पनि सम्पन्न गरिएका कामको प्रशंसा गरे । साथै उनले मातहतका कर्मचारीलाई सकेसम्म उत्कृष्ट र धेरै काम गर्न निर्देशन समेत दिए ।

वित्तिय प्रगतिमा अब्बल डिभिजन कार्यालय जुम्ला

सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, डिभिजन कार्यालय जुम्ला, डिभिजन कार्यालय सुर्खेत र डिभिजन कार्यालय दाङ मध्ये डिभिजन कार्यालय जुम्लाले आर्थिक बर्ष २०७७–०७८ मा सबैभन्दा धेरै बार्षिक वित्तिय प्रगति हासिल गरेको छ ।


तेस्रो चौमासिकमा पनि १ सय ३ दशमलव ९ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालयले आर्थिक बर्ष २०७७–०७८ मा ८१ दशमलव २ प्रतिशत बार्षिक वित्तिय प्रगति हासिल गरेको हो ।

तेस्रो चौमासिकमा ६२ दशमलव  ५९  प्रतिशत  हासिल गरेको खाद्य  प्रविधि  तथा गुण  नियन्त्रण  कार्यालय  नेपालगञ्जले बार्षिक रुपमा भने ५६ दशमलव ०८ प्रतिशत वित्तिय प्रगति गरेको छ । नेपालगञ्ज कार्यालयले आर्थिक बर्ष २०७७–०७८ मा चालु र पुँजीगत गरि १ करोड ५० लाख बजेट मध्ये ८४ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।

तेस्रो चौमासिकमा ६० प्रतिशत हासिल गरेको डिभिजन कार्यालय सुर्खेतले ५१ प्रतिशत बार्षिक वित्तिय  प्रगति गरेको छ । भने डिभिजन कार्यालय दाङले ६७ दशमलव ९ प्रतिशत बार्षिक वित्तिय प्रगति गरेको छ ।

साधन स्रोत र जनशक्तिको कमी भएको गुनासो

सो कार्यक्रममा आ–आफ्नो प्रस्तुती गर्ने नेपालगञ्ज कार्यालय तथा डिभिजन कार्यालय दाङ्ग, जुम्ला, सुर्खेतले कार्यालयमा आवश्यक जनशक्ति दरबन्दी अनुसार नहुनु, कार्य सम्पादन तथा कार्य क्षेत्रमा पुग्नको लागि आवश्यक सवारी साधन नहुनु, आधुनिक प्रयोगशाला र उपकरणको अभावमा पनि विभागले तोकेको लक्ष पुरा गर्नको लागि आफुहरु सक्रिय रहन बाध्य भएको गुनासो गरेका थिए ।

कार्यालयका खाद्य निरिक्षक नेत्रा बोगटीले सहजिकरण गरेको कार्यक्रममा बाणिज्य कार्यालय बाँकेका कृष्णप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतमलगायतले आ–आफ्नो सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई भारतीय सहित ३ जना ४३ ग्राम ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा

८ श्रावण २०७८, शुक्रबार १९:२६
नेपालगञ्ज  : प्रहरीले नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागू औषधको कारोबार गर्दै आएका दुई भारतीय नागरिक सहित ३ जनालाई ४३ ग्राम ब्राउन सुगर सहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । लागू औषध व्यूरो नेपालगञ्जले प्राप्त गरेको सुचनाको आधारमा शुक्रबार राती ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर ३ तले घरबाट […]