नेपालगञ्ज : नेपालगञ्जमा नेपाली सेनाका एक जवानले प्लाज्मा दाने गरेका छन् । कोरोनाका गम्भीर बिरामीको प्लाज्मा थेरापीबाट उपचारका लागि सेनाका जवान रामहरी अधिकारीले बुधवार प्लाज्मा दान गरेका हुन् ।
उदयपुरको कटारी स्थायी ठेगाना भएका जवान अधिकारीले रक्तदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
जवान अधिकारी नेपाली सेनाको पश्चिम् पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत छ्न । उनलाई केही समय पहिला कोरोना पोजेटिभ देखिएको थियो । उनी कोरोना संक्रमण भएपछि १४ दिन आइसोलेशन बसेर थप १४ दिनको समय अबधि पूरा गरिसकेका छन् ।
प्रजिअ कुरुम्बाङले बाँकेका कोरोनाका गम्भीर बिरामीको उपचारकालागि कोरोना संक्रमित भइ निको भएका व्यक्तिको बि पोजिटिभ समुहको रगत अत्यावश्यक भएको भन्दै बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत रक्तदान गर्न आग्रह गरेका थिए ।