बल्दैनन् नेपालगञ्जका अधिकांश सौर्यबत्ती

लक्ष्मी तिमिल्सेना १७ श्रावण २०७८, आईतवार १४:३३
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बजार क्षेत्रभित्र जडान गरिएका अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् ।

एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तिको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्छ तर मर्मत गरिएको देखिदैन स्थानीयले प्रसन्न लामिछाने भन्छन् ।

‘नेपालगञ्ज उपमहानगरपालिका भित्र सय भन्दा बढि सौर्यबत्ती जडान भएका छन् तर, जडान भएका मध्ये अधिकांशबत्ती बल्दैनन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै पटक–पटक सडक दुर्घटना भएको समेत भएको छ । यसको जिम्मेवारी कसले लिने’–लामिछाने भन्छन् ।

बत्ति जडान गरिएको छ महिना नबित्तै मिलिक–मिलिक चम्किने र केही ठाउँमा नबल्ने समस्या आएको स्मरण गर्दै जनप्रतिनिधिले यस विषयमा खासैचासो नदेखाएको लामिछानेले गुनासो गरे ।


‘बत्तिले सडकमा एकनासले उज्यालो नदिएपछि त्यहाँ हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको छ’– नेपालगञ्ज– १८ का स्थानीय विशाल शाही ‘सोलार बत्ति जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सौर्यबत्तिको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’

सौर्यबत्तीमा आएको समस्याका कारणले नगरको सुरक्षामा समेत गम्भीर असर पर्न थालेको छ । उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो । यता नगरपालिकाले भने सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएको हुनाले नगरका अधिकांश बत्ती विग्रिने गरेको दावि गर्दैै आएको छ ।

नेपालगञ्ज उप-महानगरपालिका भित्र विग्रिएको सडक बत्ती मर्मतका लागि आफुहरुले २० लाख बजेट विनियोजन गरेको उपमेयर उमा थापा मगरले जानकारी दिईन् । नगरका धेरै जसो सौयै बत्ती विग्रिएको स्विकार गर्दै उपमेयर मगरले नेपालगञ्ज उपमहानगपालिका भित्र सय बढि सौर्यबत्ती रहेको र ति मध्ये अधिकांश विग्रिएको बताईन् ।

नेपालगञ्ज उपमहानगरपालिकासंग सौर्यबत्तीको यकिन तथ्याङक छैन् । बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि त्यहाँ हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली नदीमा डुङा दुर्घटना हुँदा तीन बेपत्ता

१७ श्रावण २०७८, आईतवार १४:३३
सुर्खेत : कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना वेपत्ता भएका छन् । सात जनाको भने जिवित्तै उद्धार भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौरा जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा दुई महिला र एक बच्चा बेपत्ता भएको सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । बेपत्ता हुनेहरूमा […]

सम्बन्धित