भेरी अञ्चल अस्पताल परिसरमा बृहद सरसफाई (फोटो फीचर)

१३ माघ २०७४, शनिबार १२:४५
 

सदरलाइनडटकम
१३ माघ, नेपालगन्ज : नेपालगन्ज क्लिन एण्ड ग्रीन अभियान तथा भेरी अञ्चल अस्पताल नेपालगन्जको संयुक्त आयोजनामा भेरी अञ्चल परिसरमा शनिबार बृहद सरसफाई गरिएको छ ।
अभियानका संयोजक तथा नेपाल चिकित्सक संघ भेरीका नव निर्वाचित अध्यक्ष डा. बिनोद कर्ण, भेरी अञ्चल अस्पताल अस्पताल विकास समितिका अध्यक्ष डा.उषा शाह, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण आचार्यले संयुक्त रुपमा सुरुवात गरेका थिए ।
सो कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, चिकित्सक, नर्सिङ्ग स्टाप, नर्सिङ्ग अध्यनरत विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायतको ब्यापक सहभागिता रहेको थियो । भने संकलन गरिएको फोहरको व्यवस्थापनको लागि नेपालगन्ज उप–महानगरपालिकाले सहयोग गरेको थियो ।
अस्पताल परिसमा प्लास्टिक, पान मसला गुट्का, सुर्ती, चुरोटका प्याकेट र र्यापरहरु अत्यधिक मात्रामा भेटिएको थियो । बिक्रम संवत १९४७ मा स्थापना भएको सो अस्पताल समयको मागसंगै सेवा विस्तार गर्दै आएको छ । अभियानले सरसफाई कार्यक्रमको आयोजना अस्पताल परिसरमा आयोजना गरेर अस्पताल प्रशासलाई अझ जिम्मेवार बनाएको निमित्त मेसु डा. आचार्यले बताए । फोटो : रुद्र सुवेदी /सदरलाइन  

Next Post

महोत्सवका स्टलमा चिठ्ठा खेलाईदै प्रसाशन अनविज्ञ

१३ माघ २०७४, शनिबार १२:४५
सदरलाइनडटकम १३ माघ, नेपालगन्ज  : स्थानीय व्यावसायीले नेपालगन्जमा जारी प्रदर्शनीमा स्टल नपाएको गुनासो गरिरहेको बेलामा प्रदर्शनी स्थलको केही स्टलमा बम्पर उपहार र चिठ्ठाको नाममा जुवा सञ्चालन गर्दै आएको पाईएको छ । जयमातादी बम्पर उपाहारको नाममा राखिएको स्टलमा २० रुपैयाको टिकट काटेर नंवर लिन लगाउने र लिएको नंबर खोल्दा त्यसमा केही […]

सम्बन्धित