बुधवार ५८ जनामा कोरोना संक्रमण पुष्टि

; २४ भाद्र २०७७, बुधबार १६:०९
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३४ जना बाँकेका रहेका छन् ।

उच्च अदालतका १२ र मुक्ति विकास बैंक बाँकेका १ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । यस्तै बर्दियाका ८ र कैलालीका १ उदयपुर हेल्थपोष्टका २ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालले बुधवार जारी गरेको सूचनाअनुसार ७ सय ३७ जनामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना देखिएको छ ।

Next Post

बिहीवार बाँकेबाट ३६ जना डिस्चार्ज

२४ भाद्र २०७७, बुधबार १६:०९
नेपालगञ्ज : बाँकेबाट ३६ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीवार नेपालगञ्जका १४, कोहलपुरका ९, जानकीका ६ र अन्य जिल्लाका ६ जना डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण देखिएपछि बिभिन्न आईसोलेशनमा बस्दै आएका ब्यक्तिहरुमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको […]