दार्चुलामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु

सदरलाइन संवाददाता १४ भाद्र २०७८, सोमबार १४:१७
 

नेपालगञ्ज : दार्चुलाका विभिन्न भेगमा गएराति बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।


यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले बगाउँदा मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो ।

यस्तै वडा नम्बर ३ निजाङगाडमा खोलाको बाढीले बगाउँदा स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छुटेका विद्यार्थीलाई कोहलपुरमा मंगलवार खोप लगाईने

१४ भाद्र २०७८, सोमबार १४:१७
कोहलपुर (बाँके) : कोरोना भाईरसको खोप लगाउन छुटेका विद्यार्थीहरुलाई कोहलपुरमा मंगलवार पुनः खोप लगाईने भएको छ । कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका विद्याथीहरुले यसअघि दुई चरणमा खोप लगाईएको थियो । उक्त अभियानमा छुटेका १८ वर्षमाथिका विद्यार्थीहरुलाई मंगलवार पुनः खोप लगाउने तयारी गरीएको कोहलपुर नगर स्वास्थ्य शाखाले जानकारी दिएको […]