कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

६ भाद्र २०७७, शनिबार १३:५७
 

कोहलपुर (बाँके) : गत सोमवार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीको शनिवार सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

संक्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए ।


शल्यक्रियाबाट जन्मिएको छोरीको तौल साढे २ किलो रहेको र स्वास्थ्य अवस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । शिशुको भोली स्वाब परीक्षण गरेपछि मात्रै बच्चामा कोरोना भइरस संक्रमण भए नभएको थाहा हुने उनले बताए ।

उनका अनुसार योसँगै मेडिकल कलेजमा कोरोना संक्रमित चौथो गर्भवतीको शल्यक्रिया गरिएको हो । ती महिलाका श्रीमानलाई पनि कोरोना संक्रमण भएकोले उनी आइसोलेशनमा बसेका छन् ।

Next Post

कोरोना भाइरस दुई वर्षभित्र नियन्त्रणमा आउने

६ भाद्र २०७७, शनिबार १३:५७
काठमाण्डौ : कोरोना भाइरस दुई वर्षसम्ममा अन्त्य हुनसक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताए । जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको स्मरण गर्दै यस्तो बताएका […]