कोरोनाका कारण बाँकेमा थप तीन जनाको ज्यान गयो

सदरलाइन संवाददाता १९ मंसिर २०७७, शुक्रबार ०९:४७
 

नेपालगञ्ज : बाँकेमा उपचाररत दाङका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय पुरुषको बिहीवार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै दाङको तुलसीपुरकै वडा नम्बर ५ का ८१ बर्षीय पुरुषको पनि बिहीवार राति पौने ११ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का २६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा बिहीवार राति १२ बजेर १० मिनटमा उपचारका क्रममा मृत्यु भएको छ ।

योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५८ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Next Post

मोटरसाइकलको ठक्करबाट दाङमा एकको मृत्यु

१९ मंसिर २०७७, शुक्रबार ०९:४७
दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगन्ज निवासी ५२ वर्षीय पुरण बाँठा मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेका साइकल […]