अग्नी नियन्त्रकलाई व्यावसायिक र अभ्यास तालिम

२८ फाल्गुन २०७४, सोमबार १९:१९
 

सदरलाइनडटकम 
२८ फागुन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले बारुणयन्त्र शाखामा कार्यरत अग्नी नियन्त्रकलाई व्यावसायिक तालिम अत्यन्त आवश्यक रहेको बताएका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा सञ्चालनमा रहेको १० दिने एडभान्स फायर फाईटिङ, रेस्क्यु र हजमत ह्यान्डलिङ तालिमको समापन गर्दै सो कुरा बताएका हुन ।
उनले आगलागिका घटना नियन्त्रण गर्न खटिने अग्नी नियन्त्रकले जोखिमबाट आफु जोगिदै स्थितिलाई भयावह हुन नदिने गरी कार्यकुशलताको साथ जिम्मेवारी निभाउनको लागि दक्ष बनाउने उद्देश्यले नेपालगन्ज उप–महानगरले यस्तो तालिमको आयोजना गरेको बताए ।
उनलेभने–‘आगलागीबाट हुने जनधनको क्षेती जोगाउने जिम्मेवारी दमकलकर्मी रहेकाले कार्यक्षेत्रमा अनुशासित भएर भूमिका निर्वाह गर्नुहोला । यस कार्यको लागि अग्नी नियन्त्रकसंग आश्यक सैद्धान्तिक ज्ञानसँगै प्राविधिक ज्ञान र स्रोत साधनको जोहोमा नगरपालिकाले विशेष ध्यान दिनेछ ।’
उनले पश्चिम नेपालका नगरपालिकाको बारुणयन्त्रमा अग्नी नियन्त्रणको लागि काम गर्दै आएका अग्नी नियन्त्रकहरु कुनै पनि सैद्धान्तिक ज्ञान विना नै सेवा दिदै आएकोमा अव यस्तो तालिमले उनीहरुलाई कार्य क्षेत्रमा अझबढी जिम्मेवारी थप्ने दाबी गरे ।
तालिमका प्रशिक्षक एवं जुद्ध बारुणयन्त्रका पुर्व प्रमुख किशोर कुमार भटराईले सहभागिलाई अन्तरक्रियात्मक, प्रदर्शन, परिदृश्य र प्रयोगात्मक रुपमा प्रशिक्षित गरिएको बताए । उनले भने–‘ आगलागी भएको ठाउँमा आगोबाट डराउन हुन्न आगो भन्दा ठूलो भएर लाग्न सक्नुपर्छ ।’ उनले अग्नी नियन्त्रकहरुका लागि अग्नी नियन्त्रण तथा उद्दार र खतरा जन्य परिस्थितिमा काम गर्ने बारे १० दिने एडभान्स लेबलको तालिम नेपालगन्ज, कोहलपुर, दुल्लु नगरपालिकामा बारुणयन्त्र शाखाका कर्मचारीहरुलाई प्रशिक्षण दिएका हुन ।
नेपालगन्ज उप–महानगरपालिका र नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित भएको सो तालिममा अग्नी नियन्त्रक, दमकल चालक गरी एक महिला सहित २५ जनाको सहभागिता रहेको सो तालिममा दमकल परिचालन, चुनौती, अग्नी नियन्त्रण, केमिकलबाट हुने आगलागी नियन्त्रण, मानव उद्दार, होज, पम्प, ल्याडरको प्रयोग, व्यक्ति सुरक्षा, सामाग्रीको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो .
प्रशिक्षक भट्टराइले आगलागी भएपछि कसरी निभाउने तथा आगलागी भएको ठाउँसम्म कसरी पुग्ने जस्ता प्रत्यक्ष नियन्त्रण गर्ने अभ्यास गरिएको जानकारी दिदै भने–‘हामीले तालिममा सहभागिलाई स्रद्धान्तिक र प्रयोगात्मक तालिम दुबै दिएका छौ । तालिममा सहभागि भएका अग्नी रक्षकले जस्तो सुकै चुनौतीको पनि सामना गर्न सक्ने गरी दक्ष बनाईएको छ ।’ 
उनले नेपालगन्ज उप–महानगरपालिकाको बारुणयन्त्र शाखालाई ५ वटा लाखौ मुल्यका केमिकल प्रोटेक्सन सुट आफ्नो पहलमा उपलब्ध गराएका छन् । यसका अलवा अन्य सामाग्रीहरु समेत उपलब्ध गराएको बताए । उनले भने–‘पश्चिम नेपालका २५ नगरपालिकामा कार्यरत अग्नी नियन्त्रकलाई तालिम दिनुको साथै उनीहरुलाई जोखिमबाट आफै बच्न र बचाउन सहयोग पुग्ने विभिन्न प्रकारका सामाग्रीहरु पनि निशुल्क उपलब्ध गराएको छु ।’
अध्यन केन्द्रका फेकलपर्सन राजन केसीले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई सक्रियता र जिम्मेवारी पुर्वक तालिम लिन र व्यवहारमा प्रयोग गर्न आह्वान गरे ।


     

Next Post

तस्करसँगको साँठगाँठमा खुलेआम प्रतिबन्धित चल्लाको अबैध कारोबार

२८ फाल्गुन २०७४, सोमबार १९:१९
सदरलाइनडटकम  २८ फागुन, नेपालगन्ज  : अवैधरुपमा भारतबाट कुखुराका चल्ला भित्रिन थालेपछि त्यसको रोकथामको लागि कुखुरापालक किसान आफै एकजुट हुन थालेका छन् । बर्दियाको बाँसगढीमा भारतबाट ल्याउँदै गरेको अबैध बोईलर कुखुराका चल्ला बाँसगढीका कुखुरा पालक किसानले पक्राउ गरेर ईलाका प्रहरी कार्यालय बाँसगढीमा बुझाएका हुन । ईलाका प्रहरी कार्यालय बाँसगढीका अुनुसार भे […]