कोरोना भाइरस दुई वर्षभित्र नियन्त्रणमा आउने

६ भाद्र २०७७, शनिबार १४:२७
 

काठमाण्डौ : कोरोना भाइरस दुई वर्षसम्ममा अन्त्य हुनसक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताए ।

जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको स्मरण गर्दै यस्तो बताएका हुन् । तर अहिले प्राविधिकरूपमा बढी सबल भएको अवस्थामा यो अझ चाँडो नियन्त्रणमा आउन सक्ने उनको विश्लेषण छ ।


बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने सम्भावना बढी भएपनि यसलाई रोक्नका लागि अहिले प्रविधि र ज्ञान पनि बढी उपलब्ध रहेको टेड्रोसको तर्क छ । सन् १९१८ को स्प्यानिश फ्लूका कारण ५ करोड बढीले ज्यान गुमाएको बताइन्छ ।

Next Post

बाँकेका थप दश जनामा कोरोना पुष्टि

६ भाद्र २०७७, शनिबार १४:२७
नेपालगञ्ज : बाँकेमा शनिवार थप १० जनासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज, कोहलपुर, जानकी र बर्दियाका गरी ११ जनामा संक्रमण पुष्टि भएको । जसमध्ये सबैभन्दा धेरै कोहलपुरका ५ जना रहेका छने भने नेपालगञ्जका ३ र जानकी गाउँपालिकाका २ […]

ताजा अपडेट