सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएका ३ सय १२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुमका ५१ जनरुमा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यस्तै बर्दिया र रुकुमका एकएक जनामा कोरोना पुष्टि भएको छ ।
