सल्यान : मर्म खोलाले बगाउँदा सल्यानको कुमाख गाउँपालिका–४ सिम्तालेका ५१ वर्षीय लीलाधर शर्माको मृत्यु भएको छ ।
वडा नम्बर ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर शर्मा मंगलबार बिहान बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा वडा नम्बर २ शान्तिबजारस्थित खोला किनारमा दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।