सदरलाइनडटकम,
बुटवल : प्रदेश नं. ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वकोे सिफारिस समितिको सिफारिसमा प्रदेश लोकसेवा ऐन अनुसार प्रदेश प्रमुख उमाकान्त झाले बिहीवार आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् ।
गुल्मीको दरबार गाउँपालिका २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
