नेपालगञ्ज : चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ मंगलवारदेखि देशभर लगाउन शुरु गरिँदै छ । उपत्यकामा ६० देखि ६४ तथा उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ ।
हिमाली क्षेत्रमा पटक–पटक खोप पु¥याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत महाशाखाले आग्रह गरेको छ ।
पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।