नेपालगन्जमा बालबालिका केन्द्रित सर्वेक्षण सुरु

७ बैशाख २०७४, बिहीबार १८:३५
 

सदरलाइनडटकम
७ बैशाख, नेपालगन्ज : नेपालगन्ज क्षेत्रमा बालबालिका केन्द्रित सर्वेक्षण गरिने भएको छ । नेपालगन्ज उप–महानगरपालिका नगरपालिकाले नगरका सम्पूर्ण घरधुरी सर्वेक्षणमार्फत बालबालिका लगायतको समग्र स्थिति पत्ता लगाउने भएको हो ।
फाइन स्मार्ट इन्टरनेशनल कन्सलटेन्सी प्रालिको सहजीकरणमा २३ वटै वडामा सर्वेक्षण प्रश्नावली फाराम मार्फत तथ्य संकलन गरिने भएको हो । बालमैत्री स्थानीय शासन कार्यान्वयनको सहज बातावरणका लागि बाल विकासका ३९ वटा इण्डिीकेटरसहित ४९ वटा प्रश्नसहितको आवश्यक सूचना २८ जना संकलकबाट संकलन शुरु गरिने कन्सलटेन्सी प्रालिले जनाएको छ ।
उप–महानगरपालिका वडा न १ देखि १३ सम्मका तथ्यांक संकलक, सामाजिक परिचालक, वडा नागरिक मञ्च, महिला स्वयंसेवीकासहितको उपस्थितिमा आयोजित वडास्तरिय अभिमुखीकरण कार्यक्रम तथा समन्वय वैठकमा सर्वेक्षण पूर्व जानकारी, सम्भावित चुनौती, आवश्यक तयारी र क्रियाकलाप लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
सहजकर्ता संस्थाका कार्यकारी निर्देशक एवं कार्यक्रमका टिम लिडर विरबहादुर हमालले सर्वेक्षण भर्ने विधि÷प्रक्रिया, वजेटसहितको क्रियाक्लाप बारे अभिमुखीरकण गरेका थिए । तथ्यांक संकलकमार्फत ४५ दिनभित्र ३० हजार सर्वेक्षण फारम भरिने टिम लिडर हमालले जानकारी दिए ।
नेपालगन्ज उप–महानगरपालिकाका पे्रस सल्लाहकार एवं पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाईले सर्वेक्षणले मानवीय विकासको समग्र चित्रण गर्ने मात्र नभई विकासको योजना बनाउन मद्यत पुग्ने विश्वास व्यक्त गरे ।
सामाजिक परिचालकका तर्फबाट वडा न १२ की समाजिक परिचालक इन्दिरा पण्डीत, महिला स्वास्थ्य स्वयंसेवीकाका तर्फबाट वडा नम्वर १३ की महिला स्वास्थ्य स्वयं सेवीका संयोजक गीता अधिकारी लगायतले सूचना संकलनमा सहयोग गर्न आह्वान गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।


  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१४ लाख ८ हजार भारतीय रुपैयासहित दुई प्रहरी नियन्त्रणमा

७ बैशाख २०७४, बिहीबार १८:३५
सदरलाइनडटकम    ७ बैशाख, नेपालगन्ज : नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चौलिक्का चोकबाट १४ लाख बढी भारतीय नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । नेपालगन्जबाट सीमावर्ती भारतीय बजार रुपईडिहातर्फ जाँदै गरेका एक महिला र एक पुरुषलाई सुराकीको आधारमा चौलिक्का चौकमा दिउँसो करिब दुई बजे चेक जाँचका क्रममा […]