सदरलाइनडटकम,
बर्दिया : बर्दियाका आईशोलेशन सेन्टरमा केही मात्र कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आईशोलेशनमा १३ जना मात्र रहेका छन् ।
घर फर्किनेहरूको संख्या धैरै भएकाले स्वास्थ्यकर्मीको निगरानीमा बस्नेहरूको संख्या कम भएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । जिल्लामा जम्मा १३ जना संक्रमित घर जान बाँकी छन् ।
शुक्रवार बिहानसम्म २६ जना महिला र १ सय ७४ जना पुरूष गरि दुई सय जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हालसम्म २१ महिला र १ सय ६६ पुरूष गरि १ सय ८७ जना घर फर्किसकेका छन् ।


