सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेमा १ सहित १० जनामा कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ की ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै बर्दियाका एक जना, दाङका ५ जना र रोल्पाका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।


