सदरलाइनडटकम,
नेपालगञ्ज : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित थपिएका छन् ।
सोमवार ११२ जना महिला र ३६२ पुरुष थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार दुई सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
