नेपालगञ्ज : कोरोनाबाट बाँकेमा एक पुरुषको मृत्यु भएको छ । कोहलपुर १४ निवासी ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट होम आइसोलेसनमै मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा बैशाख ४ गते भर्ना भएका उनको आइतवार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनको आइतवार राति १२ बजे घरमै मृत्युु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
पक्षघातका विरामी उनलाई उपचारका लागि भारत लगिएको थियो । तर, त्यहाँको अस्पतालले अवस्था गम्भीर भएको भन्दै घरै लैजान सुझाव दिएपछि बैशाख ४ गते नेपाल फर्की उनलाई नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वास्थ्य सुधार हुने संकेत नदेखिएपछि परिवारले उनलाई घर लगेको थियो ।