आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न आश्यक  : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ७ फाल्गुन २०८१, बुधबार १८:४८
 

 


दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनता नै सार्वभौमसत्ता सम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताएका हुन । ‘जनता सार्वभौमसत्ता सम्पन्न हुन् र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा हाम्रो जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनेछ’ मुख्यमन्त्री आचार्यले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै, सहिदहरूको सपना र जनताको आकांक्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक रहेको उल्लेख गरे ।


नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि भएका आन्दोलन तथा संघर्षमा सर्वोच्च बलिदान दिने अमर सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षहरूमा मार्गदर्शन प्रदान गर्ने अग्रजहरू प्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् ।

वि.सं. २००७ सालमा जहानियाँ निरङ्कुश राणा शासनविरुद्ध जनताको संघर्षले फागुन ७ गते ऐतिहासिक विजय हासिल गरेको स्मरणमा यो दिवस महत्वपूर्ण रहँदै आएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् ।

उनले जनताको एकताबद्ध सामथ्र्यले संसारका जस्तोसुकै निरंकुशतालाई पराजित गर्न सक्ने, साथै हक, अधिकार, मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने धारणा व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन नगरप्रमुख आचार्यको जोड

७ फाल्गुन २०८१, बुधबार १८:४८
कोहलपुर (बाँके) :  कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बाँकेको कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन सकिने कुरामा जोड दिएका छन् । बिहीबार कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीको ९औ वार्षिक उत्सव तथा विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले कोहलपुरलाई गुणस्तरिय शिक्षाको गन्तब्य बनाउनका लागि आफुहरु लगि परेको उल्लेख गरे । […]

ताजा अपडेट