स्मार्ट कार्ड प्रयोग गरी मेशिनबाट ‘सेनेटरी प्याड’

१ जेष्ठ २०७६, बुधबार १६:११
 

सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेशिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेशिन सञ्चालनमा ल्याएको छ । गाउँपालिका ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेशिन सञ्चालनमा ल्याइएको गाउँपालिककी अध्यक्ष कौशीला भट्टले बताइन् ।
छात्राहरुलाई चाहिएको बेला भिन्नै मेशिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्ने भन्दै उनले विद्यालयमा अहिले १ सय १० वटा स्मार्ट कार्ड वितरण गरेको जानकारी दिइन् । सेनेटरी प्याड मेसिन किशोरीलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन् । मेशिन राखेपछि महिनावारीका कारण छात्रा दुईरतीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेशिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

Next Post

मालपोतको राजश्वले गाउँपालिकाको आम्दनी न्यून

१ जेष्ठ २०७६, बुधबार १६:११
सदरलाइनडटकम, नेपालगञ्ज : भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा हुने जग्गाको रजिष्ट्रेशन बापतको ६० प्रतिशत राजश्व स्थानीय तहको खातामा जम्मा हुने गरेको छ । बाँकेमा हालसम्म ९ महिनामा करीब १९ करोड ४३ लाख रुपयाँ स्थानीय तहको खातामा जम्मा भएको छ । तर यसरी राजश्व बाँडफाँड गर्दा कारोबार भएको स्थानीय तहलाई […]

सम्बन्धित