भुकम्प प्रभावित जेष्ठ नागरिक र सुत्केरीलाई न्यानो कम्बल र सुत्ने खाट सहयोग

सदरलाइन संवाददाता २८ पुष २०८०, शनिबार १९:२९
 

नेपालगञ्ज  :  भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले अक्सफाम नेपालसँग साझेदारी स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी रूकुम (पश्चिम) जिल्लाको सानीभेरी गाउँपालिकाको वडानं. १ चाईनाबगरमा भुकम्पबाट प्रभावित भएका जेष्ठ नागरिक, सुत्केरी र बालबालिका भएका एकसय विपन्न परिवारहरुलाई चिसोबाट बच्न सहयोग पु¥याउने ध्ययले न्यानोकम्बल र फलामको खाट सहयोग गरेको छ ।

निमित्त वडा अध्यक्ष विमला रोका र निवर्तमान गाउँपालिका अध्यक्ष नरबहादुर पुनको उपस्थितीमा गाउँपालिका र वडाले तयार गरेको लाभग्राहीको सुचीका आधारमा राहत सामग्री वितरण गरिएको संस्थाका परियोजना संयोजक रामराज कठायतले जानकारी दिए ।

संस्थाले यसभन्दा पहिलो अक्सफामसँग साझेदारी गरी जिल्लाका आठविसकोट नगरपालिका वडा नं. १३ र १४ एवम् सानीभेरी गाउँपालिका वडा नं. १ र ४ का विपन्न परिवारहरुलाई विपद् प्रतिकार्य स्वरुप ग्लास फाईवरको सामुहिक र व्यक्तिगत रुपमा प्रयोग गर्नका लागि ७० थान अस्थायी शौचालय र २६० घरधुरीलाई खानेपानी, सरसफाई र स्वच्छता सामग्री सहयोग गरेको परियोजना संयोजक कठायतले बताए ।


भुकम्पले घर भत्काएपछि त्रिपालमुनी भूईंमा विस्तरा लगाएर सुत्न वाध्य जेष्ठ नागरिक, सुत्केरी, बालबालिका र दीर्घरोगीलाई बढ्दै गरेको चिसोले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको कुरालाई मध्यनजर गरी चिसोबाट बच्नका लागि सहयोग पु¥याउने ध्ययले संस्थाले अक्सफाम नेपालसँग साझेदारी गरी प्रति घरधुरी करिब ६ हजार नौ सय मूल्य बराबरको न्यानो कम्बल र खाट सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिए ।

उनले अक्सफामसँगको साझेदारी र सम्बन्धित पालिकासँगको सम्न्वयमा सानीभेरी गाउँपालिका वडा नं. १ र ४ एवम् आठविसकोट नगरपालिकाको वडा नं. १३ र १४ मा भुकम्पबाट भत्किएका विपन्न घरधुरीका शौचालय कामका लागि नगद मार्पmत निर्माण गर्नका लागि परियोजना सञ्चालन गरि रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी सहकारीको २८ औं बार्षिक साधारण सभा सम्पन्न

२८ पुष २०८०, शनिबार १९:२९
नेपालगञ्ज : भेरी सहकारी बित्तिय संस्था लिमिटेड नेपालगन्जको २८ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमबहादुर भण्डारीको अध्यक्षतामा २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाले कोहलपुर सेवा केन्द्रबाट आर्थिक वर्ष ०७९/०८० मा भएको आर्थिक कारोबार प्राप्ती रकम जम्मा ३ करोड २० लाख ८७ हजार […]