पाँचौ प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता फागुन ३ देखि नेपालगन्जमा

१२ माघ २०७४, शुक्रबार १८:२९
 

सदरलाइनडटकम 
१२ माघ, नेपालगन्ज :‘सिमामा सद्भाव’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको पाँचौ श्रृंखला फागुन ३ देखि ७ गतेसम्म हुने भएको छ ।
जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको यो प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरि ७ टिमले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।
जिल्ला भलिवल संघका अध्यक्ष टिएस ठकुरीले यस वर्षदेखि पुरस्कार राशीमा समेत बढोत्तरी गरेको जानकारी दिए । उनले दिएको जनाकारी अनुसार प्रथम हुने टिमलाई २ लाख,  द्वितिय हुनेलाई १ लाख र तृतिय हुनेलाई ५० हजार पुरस्कार र ट्रफिको व्यवस्था गरिएको छ ।
आठौ राष्ट्रिय खेलकुदको तयारीको लागि पनि प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिताले ठोस मद्दत पुग्ने तयारी समितिका संयोजक तथा राखेपका सदस्य विनोद मैनालीले बताए । उनले खेलकुद प्रतियोगिताको पूर्वाधार र तयारीको बारेमा समेत सहयोग पुग्ने भएकोले प्रधानमन्त्रीकप महिला भलिवल नेपालगन्जको परिचयको अर्को माध्याम बन्ने समेत दाबी गरे ।
सो अवसरमा मध्यश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले सो प्रतियोगिता सम्पन्न गर्नको लागि खेलकुद विकास समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Next Post

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधी कार्यक्रम शुभारम्भ

१२ माघ २०७४, शुक्रबार १८:२९
सदरलाइन / शेरबहादुर केसी,  १२ माघ, सुर्खेत  : मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर, सुर्खेतले ब्यवस्थापन सङ्कायतर्फ विद्यावारिधी (पीएचडी) कार्यक्रम शुभारम्भ गरेको छ । विश्वविद्यालयले सरकारका नवनियुक्त प्रदेश प्रमुख, प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित सांसद र सम्बन्धित विषयका विज्ञहरुको उपस्थितिमा सो कार्यक्रमको विधिवत् उद्घाटन गरेको हो । कार्यक्रमाका प्रमुख अतिथि ६ नं. प्रदेश प्रमुख […]