पर्यटन पत्रकार संघ बाँके गठन, अध्यक्षमा केसी

१७ पुष २०७३, आईतवार ११:४४
 

सदरलाइनडटकम  
१७ पुस, नेपालगन्ज : पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित भएका छन् । आईतबार नेपालगन्जमा भएको एक भेलाले अमृता केसीको अध्यक्षतामा नेपाल पर्यटन पत्रकार संघ बाँके गठान भएको छ ।
बाँकेमा क्रियाशिल पत्रकारहरुको एक भेलाले आइतबार ७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । केसी राष्ट्रिय समाचार समिति, न्यूज २४ टेलिभिजन र स्थानीय भिजन टिभीमा कार्यरत रहेकी छन् । संघको उपाध्यक्षमा एबीसी टेलिभिजनका संवाददाता कृष्ण ओली, सचिवमा अभियान न्यूज साप्ताहिकका सम्पादक मधु पौडेल र कोषाध्यक्षमा मार्गरेखा दैनिकका निर्मल आर्चाय रहेका छन् ।
यस्तै सदस्यहरुमा पत्रकार बिमला चौधरी, मिसन टुडे दैनिकका केशव राना र नेपालगन्ज एफएमकी रुवी साई चयन भएको जानकारी प्राप्त भएको छ । भेलाले नेपालगन्ज उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ नेपालगन्ज र पत्रकार महासंघ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पढाएको नबुझे पनि नियमित विद्यालय आउदै बहिरा विद्यार्थी

१७ पुष २०७३, आईतवार ११:४४
सदरलाइनडटकम   १७ पुस, नेपालगन्ज : बाँकेको चिसापानीमा रहेका सुर्योदय उमाविमा कक्षा १० मा अध्ययनरत बहिरा विद्यार्थी प्रेम मल्ल शिक्षकले पढाएको पटक्कै बुझ्दैनन् । सामान्य विद्यार्थीलाई पढाए जस्तै गरी शिक्षकले पढाउने गरेका कारण मल्ल शिक्षकले के भन्न खोजेका हुन भने ठम्याउन सक्दैन, तै पनि उनी विद्यालय जान छाडेका छैनन् । […]