दुर्घटनामा ज्यान गुमाएका ११ जनाको नाम खुल्यो

१९ जेष्ठ २०७७, सोमबार १५:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको ठुरिया जंगलमा आइतवार राती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुलेपनि ठेगान पहिचान नभएको प्रहरीले जनाएको छ ।

हरीका अनुसार मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, पुर्णबहादुर पुन, सीता पुन, हिमान्सु पुन, रहेको भएपनि उनीहरुको ठेगाना खुल्न सकेको छैन । भने एक जनाको नामसमेत खुल्न सकेको छैन ।


यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

दुर्घटनामा परेकाहरु सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यानका रहेका छन् ।

Next Post

दुर्घटना भएको ठाउँमा अर्को गाडी दुर्घटना

१९ जेष्ठ २०७७, सोमबार १५:३९
सदरलाइनडटकम, कोहलपुर : आइतवार राती बाँकेमा सडक दुर्घटना भएको ठाउँमा फेरी अर्को गाडी दुर्घटनामा परेको छ । तीन जना सवार रहेको बस अनियन्त्रित भएर पल्टिदाँ १ जना घाइते भएका छन् । पश्चिमदेखि पूर्व जाँदै गरेको बा १ प ७५१ नम्बरको बस राप्तीसोनारी वडा नं. २ स्थित ठुरे जंगलमा दुर्घटनामा परेको […]

ताजा अपडेट