सदरलाइनडटकम,
कोहलपुर : आइतवार राती बाँकेमा सडक दुर्घटना भएको ठाउँमा फेरी अर्को गाडी दुर्घटनामा परेको छ । तीन जना सवार रहेको बस अनियन्त्रित भएर पल्टिदाँ १ जना घाइते भएका छन् ।
पश्चिमदेखि पूर्व जाँदै गरेको बा १ प ७५१ नम्बरको बस राप्तीसोनारी वडा नं. २ स्थित ठुरे जंगलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै चालक र सहचालक फरार रहेकोले खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।
