सन्दर्भ : बालदिवस

बालश्रमिकलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण https://sadarline.com/2021/09/44397

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १९:३८
 

नेपालगञ्ज : ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बाँके युनेस्को क्लबले नेपालगञ्ज र डुडुवाका बालश्रमिकलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।

विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ जना बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको हो ।

आर्थिक अभावले नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा रहेका इट्टा भट्टामा काम गर्ने बालश्रमिकहरुलाई जिविकोपार्जन र शिक्षाका लागि सहजता होस भन्ने उद्देश्यले खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।


क्लबको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यसमिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर लगायतले बालश्रमिकहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरे ।

सो अवसरमा बोल्दै क्लबका अध्यक्ष राजेन्द्र चौधरीले यो राहत बालश्रम अन्त्य गर्नका लागि वितरण गरिएको जनाउँदै आफ्ना बालबालिकालाई बालश्रममा नलगाउन अभिभावकसंग आग्रह गरे । बालबालिकाको पढ्ने उमेरमा उनिहरुलाई विद्यालय पठाउनु पर्ने कुरामा जोड दिंदै उनले घरको आर्थिक जोहो अभिभावकले गर्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा टीडीएचले प्राविधिक सहयोग गरेको कार्यकारी निर्देशक रवि तुलाधरले बताए । खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा सक्रिय परियोजनाका अधिकृत गुलाम गौस र अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । सो परियोजना मार्फत नेपालगञ्ज र सो वरिपरिका इट्टा भट्टामा सानै उमेरदेखि काम गरिरहेका बालबालिकालाई बालश्रमबाट मुक्त गरेर उनीहरुलाई विद्यालय पठाउने वातावरण बनाउने उदेश्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनियमित बिद्युत समस्या सुल्झाउन माग गर्दै ज्ञापनपत्र

२९ भाद्र २०७८, मंगलवार १९:३८
नेपालगञ्ज : कसौधन वैश्य समाजले नेपालगञ्जको अनियमित बिद्युत समस्या सुल्झाउन माग गर्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष नन्दलाल बैश्य र महासचिव सन्तनारायण वैश्यले संयुक्तरुपमा प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख लखनलला मल्लिकलाई ज्ञापनपत्र बुझाएको हो । अनियमित विद्युतका कारण नगरबासीले गर्मीमा सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधानको […]