थाल्सेमियाका विरामीलाई राज्यद्वारा निशुल्क उपचारको व्यवस्था मिलाउन माग

रुद्र सुवेदी २५ बैशाख २०८०, सोमबार १८:४३
 

नेपालगञ्ज :  राज्यले थालसेमिया जस्ता बंशाणुगत रोगको उपचार निशुल्क उपलब्ध गराउन माग गरिएको छ । यो बालबालिकामा मात्र देखिने रक्त अल्पता जन्य रोग हो ।

विश्व थाल्सेमिया सचेतना दिवस २०८० को अवसरमा कान्ति आरोग्य अस्पताल नेपालगञ्जले स्कास नेपालसंगको समन्वय तथा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा आयोजित कार्यक्रमका सहभागिले सो माग गरेका हुन ।

थाल्सेमिया एक प्रकारको रक्तअल्पता हो । यो बालबालिकामा हुन्छ । जसका कारण पीडितको शरिरमा बिस्तारै रगतको मात्रा कम हुँदै गम्भीर हुन जान्छ । राज्यले थाल्सेमिया जस्तै रक्त अल्पता हुने सिकलसेल एनिमियाँका बिरामीलाई जीवनकाल उपचारको लागि १ लाख उपलब्ध गराउदै आएको छ । तर, थाल्सेमियाका विरामीलाई भने राज्यले उपेक्षा गरेको पीडित परिवारको गुनासो छ ।

बर्दियाका एक अभिभावक बिगत १४ वर्षदेखि आफ्नो सन्तानको उपचारको लागि विभिन्न स्थानमा भौतारिदै भएको सम्पत्ति समाप्त पारेको गुनासो गर्दै भने–‘ १४ वर्षदेखि भौतारिदै भएको सम्पत्ति उपचारमा सकाए तर, पनि सञ्चो भएको छैन ।’ उनले सिकलसेलका लागि राज्यले १ लाख दिने गरेको भएपनि आफ्नो लागि भने राज्य पनि बिरानो भएको दुखेसो पोखे ।

नेपालगञ्जका एक विरामीका आफन्त पछिल्लो केही वर्षयता स्थानीय तह र नीजि क्षेत्रका अस्पतालले उपचारमा सहयोग पुराएको कारण आफुहरुलाई ठूलो राहत भएको बताए । उनले पछिल्लो केही समय यता आफ्नो थाल्सेमिया पीडित बच्चाको नेपालगञ्जको कान्ति आरोग्य अस्पतालमा उपचार गराउदै आएको बताए ।

उनले भने–‘ पहिला भारतमा उपचार गराउदा सबै निशुल्क थियोे कोभिडको कारणले भारत जान हरायो केही समय मेडिकल कलेजमा पैसा तिरेर उपचार गराए तर, अहिले भने कान्ति आरोग्यमा निशुल्क उपचार गराउदै आएका छौ ।’

थाल्सेमियाका विरामीको उपचारमा संलग्न नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा रोमा वोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थाल्सेमिया जस्तो रक्त अल्पताको समस्या लिएर आफुकहाँ निदानको लागि आउने गरेको बताउछिन ।


उनले कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा बाँके बर्दिया दाङ्ग, कैलालीलगायतका जिल्लाबाट थाल्सेमिया रोगको समस्या लिएर आउने गरेको जानकारी दिईन ।

उनले हाल आफुसंग करिव ६०–६५ जना थाल्सेमियाँबाट पीडित बालबालिका उपचारको लागि आईरहेको र यी मध्ये करिव १३ जना नेपालगञ्जका विभिन्न समुदायका रहेको बताईन ।

उनले थाल्सेमियाबाट जोगिन विवाह गर्दा नै बर र बधुको थाल्सेमिया परिक्षण गरी रोगी रोगी बीच विावह नगर्ने, रोगी र बाहक बीच विवाह नगर्ने र रोगी र नर्मल एवम बाहक र नर्मलबीच विवाह गर्न सकिएमा यो आफै निर्मूल भएर जाने बताईन ।

नेपालगञ्जमा निजि क्षेत्रबाट सञ्चालित कान्ति आरेग्य अस्पतालमा आउने थाल्सेमियाका विरामीलाई बेड चार्जदेखि डाक्टरको फिस र कुरुवा बस्ने सुबिधा निशुल्क रुपले उपलब्ध गराएको गराएको छ ।

नेपालगञ्ज उपमहानगरले कान्ति आरोग्य अस्पतालसंगको सहकार्यमा नेपालगञ्ज उपमहानगरका थाल्सेमिया पीडित विरामीको उपचारको लागि पहिलो पटक सहकार्य गर्दै अघि बढेको नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द बताउछन ।

सिकलसेल एनिमियाको क्षेत्रमा कार्यरत स्कास नेपालका अध्यक्ष प्रभुराम थारुले सबै क्षेत्रको सहकार्यबाट सचेचना फैलाउन सके यसको प्रभाव कम हुँदै जाने बताए । उनले थाल्सेमिया र सिकलसेलबारे सबै क्षेत्रबाट सचेतना फैलाउन सहकार्य हुन आवश्यक रहेको औल्याए ।

राज्यले थाल्सेमिया जस्तो वंशाणुगत रोगबाट मुक्त पाउनको लागि सचेतना आवश्यक रहेको छ । एक जना थाल्सेमियाको विरामीको उपचारको लागि वाषर््िाक करिव २ लाखसम्म खर्च हुने भएपनि राज्यका तर्फबाट यस्ता विरामीको लागि उपचारको लागि व्यवस्था हुनुपर्ने आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बाँकेका एक जना पक्राउ

२५ बैशाख २०८०, सोमबार १८:४३
नेपालगञ्ज : सुर्खेतमा ब्राउन सुगरसहित बाँकेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–३ घर भएका ३५ वर्षीय सलिम हलुवाई रहेका छन् । उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ प्रगतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । हलुवाई सोही ठाउँमा […]