आठौ अन्तरगत बाँकेमा आईतबार हुने खेलहरु

३० चैत्र २०७५, शनिबार २१:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेमा आईतबार जुडो, बक्सिङ्ग, महिला हक्की, पुरुष हक्कीका खेल हुनेछन भने फेन्सीङ्गको पुरस्कार बितरण हुने छ ।
गत २७ गतेदेखि मंगलप्रसाद मावि खेल मैदानमा सुरु भएको पुरुष हक्की आईतबार बिहान ७ बजे नेपाल आर्की र नेपाल प्रहरी, दोस्रो गण्डकी प्रदेश र प्रदेशनं. ३ र तेस्रो खेल प्रदेश नं. १ र सुदुरपश्चिम प्रदेशबीच हुने छ ।
यसैगरी नेपालगञ्ज रंगशालामा फेन्चिङ्गका विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भई पुरस्कार बितरण हुने जनाईएकोछ । आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला पुरुष बक्सिङ्ग खेल शनिबार साँझ ४ बजेदेखि खेल ईभेन्ट हुने मुख्य निर्णायक महर्जनले जानकारी दिए ।
महिला हक्की बाँकेको शुक्र माविको खेल मैदान सितापुर (के) गाउमा आईतबार बिहान ७ बजेदेखि प्रदेशनं. १ र गण्डकी प्रदेश बीच हुनेछ भने दोस्रो खेल र प्रदेश ३ र सुदुरपश्मिबीच हुने छ ।
जुडो आईतबार बिहान ८ बजेदेखि कारकाँदोमा रहेको जुडोहलमा सुरु हुने जनाईएको छ ।

Next Post

विमान दुर्घटनामा सबैको परिचय खुल्यो

३० चैत्र २०७५, शनिबार २१:५८
सदरलाइनडटकम, सोलुखुम्बु : सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान भएको छ । आइतवार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा समिट एयरलाइन्सका कोपाइलट काठमाण्डौको चावहिलका ३४ वर्षिय सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत […]