सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बर्दिया गरी थप १९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जले सोमवार दिउँसो जारी गरेको सूचनाअनुसार बाँकेमा १ र बर्दियाका १८ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ४ का २१ बर्षीय पुरुष र बर्दियाको बारबर्दिया ७ का ३४ वर्षीय पुरुष, ३३ वर्षकी महिला, मधुबन ९ का २० वर्षीय पुरुष, वडा नं. ४ का २३ वर्षकी महिला, २० वर्षीय पुरुष, ठाुरद्धारा ४ का १९ वर्षीय पुरुष, वडा नं. ३ का ४० र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बर्दिया बाँसगढी २ का २०, २४, २० र २८ वर्षीय पुरुष, वडा नं. ५ का २८ वर्षीय, ६ का १८ र २० वर्षीय पुरुष र ९ का २० वर्षीय पुरुषमा कोरोना देखिएको अस्पतालले जनाएको छ ।




