सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बिहीवार थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३ सय ८६ पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।


