सदरलाइनडटकम,
धनगढी : बाजुरा अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ । अस्पतालको आइसोलेशन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतवार बिहान मृत्यु भएको थियो ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।
