सदरलाइनडटकम,
दमौली : बलात्कार अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमवार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
कुमालले सोमवार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलाशले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चालान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको पोखरेलले बताए ।
