सदरलाइनडटकम,
कोहलपुर (बाँके) : ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटीसहित बाँकेमा एक जना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ९ का २१ बर्षीय जगत ढकाल प्रतिबन्धित जडीबुट पाँचऔलेसहित कोहलपुरबाट पक्राउ परेका हुन् ।
पाँच नम्बर प्रदेश प्रहरी व्युरोबाट प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा गएको टोलीले ढकाललाई सोमवार दिउँसो २ बजे कोहलपुर नगरपालिका वडा नं. ११ बाट २१ किलो पाँचऔले जडीबुटीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।
