सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेलअगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो ।
बंगलादेशको साभरमा रहेको मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो ।
पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको नेपालले लगातार दोस्रो हार ब्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत र अफगानिस्तानको ४–४ अंक भएको छ भने युएई र नेपाल अंकविहीन छन् । समूहको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)