नेपालगञ्ज : सयुक्त अनुसन्धानका क्रममा एसएसबी ४२ औँ टोलीले डेढ किलो चरेससहित एक नेपाली तस्करलाई पक्राउ गरेको छ । सशस्त्र सीमा बल, बहराइचको डिप्टी कमाण्डेन्ट अप्रेशनको निर्देशनमा बोर्डर पोष्ट निबियाबाट प्राप्त गुप्तचरको आधारमा संयुक्त गस्ती गरिरहेका बेला चरेस समेतिएको हो ।
एसएसबी र रुपईडिहा प्रहरीको संयुक्त गस्तीका क्रममा भारतीय भूभागमा रहेको बोर्डर पोस्ट नं ६५१÷०४ बाट नेपालका एक युवक काँधमा झोला बोकेर गइरहेका थिए । प्रहरीलाई हेरेर भाग्न खोज्दा गस्ती टोलीले पक्राउ गरेको हो । चरेस सहित पक्राउ परेका रुकुमका भीमबहादुर रोका रहेका छन् ।
४२ औँ सशस्त्र सीमा बल बहराइच–१ का कार्यवाहक कमाण्डेन्ट राज रञ्जनले नेपाल–भारत सीमामा निरन्तर सैयुक्त गस्ती गर्ने गरेको जानकारी दिए । पक्राउ परेका रोकालाई आवश्यक कारबाहीका लागि बहराइच चलान गरिएको भारतीय प्रहरीले जनाएको छ ।