विशेष अनुदानका लागि नेपालगञ्जको पहल

१८ जेष्ठ २०७७, आईतवार १४:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को वजेटमा सम्पूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतवार बसेको कार्यपालिका बैठकले आगामी आर्थिक वर्षको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि सम्पूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो ।
उपमहानगरले सम्पूरक र विशेष अनुदान शिर्षकमा वजेट विनियोजनका लागि केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । यसैगरी बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा स्तम्भ निर्माण गरि राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जको धम्बोझीमा वाटरपार्क छिट्टै सञ्चालनमा आउने भएको छ । कार्यपालिका बैठकले वाटरपार्क सञ्चालनका लागि ठेक्का आव्हान गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष रिजालले बताए ।
बैठकले फोहोरमैला ब्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरि थालनी गर्ने र गोबर ग्याँसमा अनुदान दिने निर्णयसमेत गरेको बैठकपछि उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।

Next Post

लकडाउनको पालना गराउन आफै खटे सिडिओ

१८ जेष्ठ २०७७, आईतवार १४:५१
सदरलाइनडटकम, खजुरा (बाँके) : विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनलाई बेवास्ता गर्नेहरुमाथि प्रशासनले कडाई गर्न शुरु गरेको छ । बाँकेमा अत्यावश्यक सामान किन्ने बहानामा घुम्ने र बिना पासको सवारी साधन चलाउनेमाथि बाँके प्रशासनले कडाई गर्न शुरु गरेको हो । बाँकेमा कोरानाका विरामी बढ्दै गएपछि […]