विपत् व्यवस्थापन पत्रकारिता तालिम सम्पन्न

२५ बैशाख २०७७, बिहीबार २२:४२
 

सदरलाइनडटकम,
काठमाडौं  : नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न ४० जिल्लाका ६२ पत्रकारले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक साता लामो विपत् व्यवस्थापन तालिम पूरा गरेका छन् ।

यस तालिममा विपतको समयमा पत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यका विषयमा विस्तृत छलफल भएको सो तालिममा बर्नमथ युनिभर्सिटीका प्रा.आइनार थोरसन र डा.चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमा छापा, प्रसारण र अनलाइन माध्यममा सक्रिय नेपाली पत्रकारलाई प्रशिक्षण दिएका थिए । थोरसन बर्नमथ युनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागका कार्यकारी डीन पनि हुन ।

प्रेस इन्ष्टिच्यूटका तर्फकाट वरिष्ठ पत्रकार कपिल काफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपालीले सहजीकरण गरेका थिए । यसैगरी विज्ञ प्रशिक्षक विज्ञान शर्माले पनि सहभागीलाई तालिम दिए ।


एक सय २८ पत्रकारहरुले तालिमका लागि निवेदन दिएकोमा ६२ सहभागीलाई मात्र यस पटकका लागि छानिएको थियो ।

नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापन गर्दै पत्रकारको चाहनालाई सम्मान गर्दै अर्को समूहका लागि पनि तालिम दिने तयारी भैरहेको जानकारी दिए । समापनकै क्रममा महासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमा पनि समय निकालेर प्रक्षिणमा सहभागी भएकोमा सम्पूर्ण पत्रकारप्रति आभार प्रकट गरे ।

सहभागी पत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोना भाइरसको महामारीलगायतका विपत्का विषयमा कम्तीमा एक–एक थान समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था छ ।

Next Post

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

२५ बैशाख २०७७, बिहीबार २२:४२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन् । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय युवकको पोजेटिभ रिपोर्ट आएको हो । योसँगै संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । यसअघि ३० जना कोरोना […]