नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

१२ आश्विन २०७६, आईतवार १५:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार खड्का प्रहरी प्रमुख वीरबहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतम लगायतले आइतवार संयुक्तरुपमा सहायता कक्षको उद्घाटन गरे ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क सञ्चालन गर्न लागिएको जानकारी दिँदै यातायात ब्यवसायी र आम यात्रुको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
बसपार्क १८ गते सञ्चालन गरिने भएपनि आइतवारदेखि यात्रुबाहक बसहरु बसपार्कभित्र राखिएको छ । यात्रुबाहक बसका चालक, सहचालक र यात्रुलाई फुलमालाले सुरक्षित गन्तव्यमा पुग्न शुभकामनासहित विदाई गरिएको थियो ।

Next Post

नेपालीको ठूलो चाड बडादशैं आजबाट शुरु

१२ आश्विन २०७६, आईतवार १५:४४
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आइतवारबाट शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लासका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत […]