लकडाउनको बेलामा मेडिकल कलेजमा शल्यक्रियबाट जुम्ल्याहाको जन्म

१९ चैत्र २०७६, बुधबार ०९:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कारोना भाइरसको संक्रमणको त्रासले आव्हान गरिएको लकडाउनकै क्रमममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा शल्यक्रिय मार्फत जुम्ल्याएको जन्म भएको छ ।

जटिल प्रकारको प्रसव बेथाले च्यापेर दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी गर्भवती महिलाको शल्याक्रिया गरेर आमा र जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी त्री रोग विशेषज्ञ डा.फरहत बानुको टिमले गम्भीर रहेकी गर्भवती लमही–६ की शबनम सिंह बस्नेतको सफल शल्याक्रियाबाट आमा र जुम्ल्याहा बच्चाको ज्यान बचाईएको हो ।


सो शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा. बानु, एनेशथेसिया डा.कपिल पोखरेल, सहायक मोहनजंङ्ग शाह, चौतराम चौधरी, स्टाफ नर्स कमला ओली, रोशनी बस्नेत, श्रेया सिंह बिक, हेल्पर राम अवतार र कुमुद लगायतको टिमले सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियाबाट जुम्ल्याहा बालकको जन्म भएको छ । चिकित्सकका अनुसार आमा र बच्चा दुबैको स्वस्थ्य अवस्था सामान्य रहेको छ । तीनै जनाको ज्यान जोगिएकाले परिवार खुःशी रहेको डा.बानुले जानकारी दिईन । गम्भीर रहेकी गर्भवती बस्नेतको लमहीमा उपचार हुन नसक्ने भन्दै मंगलबार नै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

Next Post

बाँकेमा २१ जना थुनामुक्त

१९ चैत्र २०७६, बुधबार ०९:१७
सदरलाइनडटकम, नेपालगञ्ज : विभिन्न कसुरमा पक्राउ परेका २१ जना थुनामुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेकामध्ये २१ जना थुना मुक्त भएका हुन् । थुनुवाको सँख्या आवश्यक भन्दा बढि भएपछि थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]