स्थानीय स्तरमै ‘पिपिई’ उत्पादन सुरु माग पुराउन भ्याई नभ्याई

२० चैत्र २०७६, बिहीबार ०९:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकले लगाउनु पर्ने पिपिई (प्रर्शनल प्रोटेक्टिभ इक्विपमेन्ट) को उत्पादन नेपालगञ्जमै सुरु भएको छ । देशभर पिपिईको अभाव देखिएको बेला नेपालगञ्जकका केही ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलमा रहेको लुम्बिनी ईण्डष्ट्रिज प्रालिले उपमहानगरपालिकाको माग पूर्तिका लागि पिपिई उत्पादन सुरु गरेको ईण्डस्ट्रिजका सञ्चालक कस्मीरा खातुनले जानकारी दिईन ।

उनले अहिले दैनिक १ हजार थान पिपिई उत्पादन गरी रहेको र उपमहानगरपालिकाले माग गरेको १ हजार ७ सय पिस पिपिई उत्पादनको क्रममा रहेको बताईन । उनले माग अति नै रहेको कारण आफुहरुलाई अहिले भ्याई नभ्याई रहेको बताईन ।


भेरी अस्पताल नेपालगन्जका डक्टर पारश पाण्डेले दिएको डिजाईन अनुसार आफुहरुले पिपिई उत्पादन यहाँका उद्योगहरुले जनाएका छन् । पछिल्लो समय बाँकेका अलावा सुदुरपश्चिम सुर्खेत, बर्दिया, दाङ र चितवनबाट समेत पिपिईको माग बढिरहेको कमल गारमेनटका सञचाल तथा नेपालगन्ज उद्योग बाणिज्य संघकका प्रवक्ता टंक धामीले जानकारी दिए ।

कोरोनाको संक्रमणबाट जोगिनको लागि स्थानीय स्तरमा निर्माण गरिएको पिपिईको गुणस्तरबारे विभिन्न टिकाटिप्पणी उठेका बेलामा हुँदै नहुनु भन्दा केही मात्र भएपनि सुरक्षा दिने भएकोले आफुहरुलाई डिजाईन अनुसकारको आग्रह भएपछि स्थानीय स्तरमा निर्माण गर्न लागिएको उनले बताए ।

भेरी अस्पतलाका मेसु डा. प्रकाश बहादुर थापाले स्थानीय अस्पतालमा विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि पिपिई नहुनु भन्दा स्थानीय स्तरमा उत्पादन गरेको पिपिई प्रयोग गर्न सकिने कुरामा जोड दिए । उनले यस्तो पिपिई एक पटक प्रयोेग गरेपछि सकेसम्म प्रयोग नगर्न सुझाव दिएका छन ।
पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघको माग अनुसार १ हजार पिस पिपिई उत्पादन गरी सकेपछि सोही अनुसारको पिपिई उत्पादन गरिदिन विभिन्न सथानीय तहबाट अर्डर आएको उद्योग संञ्चालकको भनाई छ ।

Next Post

सञ्चारकर्मीलाई राहत प्याकेजमा समेट्न आग्रह

२० चैत्र २०७६, बिहीबार ०९:३२
सदरलाइनडटकम, काठमाण्डौं  : सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको अबस्थामा सरकारले विभिन्न समुदाय र बर्गको लागि राहत प्याकेज पनि घोषणा गर्दा श्रमजीवी पत्रकारहरुको बारेमा पनि सोच्न आग्रह गरिएको छ । श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले एक बिज्ञप्ती जारी गर्दै देश यतिबेला कोरोना भाइरसका […]