सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन् । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय युवकको पोजेटिभ रिपोर्ट आएको हो । योसँगै संक्रमितको संख्या १०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
